उदयपुरको त्रियुगा नगरपालिका–१ राजदेवी सामूदायिक बनमा मृत फेला परेकी १६ वर्षिया कृशला चौधरीको हत्या भएको खुलासा भएको छ । हत्या आरोपमा उदयपुर प्रहरीले दुईजना युवालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–१ घर भएका २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदा छन् । त्रियुगा नगरपलिका–६ घर भएकी कृशला चौधरीको साउन १३ मा बेपत्ता भएकी थिइन् । साउन १९ मा शव फेला परेपछि घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।साउन २० मा मृतकका बुवा प्रेम