जहाज मर्मतसम्बन्धी कागजात १५ दिनभित्र पेश गर्न निगमलाई समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाज मर्मतबारे आवश्यक कागजात १५ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । समितिको सोमबार सिंहदरबारमा भएको बैठकले न्यारोबडी जहाज मर्मतबारे समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो । समिति सभापति राजकिशोर यादवले न्यारोबडी जहाज मर्मतका विषयमा विभिन्न टिकाटिप्पणी …

सम्बन्धित सामग्री

संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न सरकार उदासिन देखिएको निष्कर्ष

काठमाडौं । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकार संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न उदासिन देखिएको निष्कर्ष निकालेको छ । समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सोमबार बसेको राष्ट्रियसभा बैठकमा पेश गर्नुभएको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन तथा मूल्यांकन प्रतिवेदन २०७९ मा सो कुरा […]

तोकिएको समयमा प्रतिवेदन पेश गर्न बीमा समितिको निर्देशन

काठमाडौँ- बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका परिपालन अधिकृत र सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण हेर्ने कार्यान्वयन अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समितिको कार्यालय ललितपुरको कुपण्डोलमा आयोजित कार्यक्रममा बीमा समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले समितिबाट उपलब्ध गराइएको ढाँचामा परिपालन प्रतिवेदन र सम्पत्ति शुद्धीकरण एवम् […]

१० दिनभित्र प्रतिवेदन बुझाउन उद्योग र श्रम समितिको निर्देशन

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविअन्तर्गतका उपसमितिहरूलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन संसदमा बुझाउनुपर्ने भएकाले विभिन्न उपसमितिहरूले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो । उपसमितिहरूले समितिलाई प्रतिवेदन बुझाइसकेपछि समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरिने निर्णय गरिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बमल प्रसाद श्रीवास्तवले बताए

हदम्यादको व्यवस्था संशोधन गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले नावालिका र महिलामाथि हुने यौन हिंसा/दुव्र्यवहार, जबरजस्ती करणीजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले सो जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्था पुनरावलोकन गर्न अत्यावश्यक देखिएको निष्कर्ष निकाल्दै […]

जबरजस्ती करणीका घटनामा हदम्याद बढाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा, दुर्व्यवहार, जबरजस्ती करणजस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्थापनलाई संशोधन गर्न आवश्यक विधेयक तत्काल संघीय संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले त्यस्ता जघन्य अपराधका घटनामा विद्यमान हदम्यादको कानुनी व्यवस्था पुनरावलोकन गर्न अत्यावश्यक देखिएको […]

काठमाडौँ–तराई द्रुतमार्ग ठेक्काको यथार्थ विवरण पेश गर्न समितिको निर्देशन

काठमाडौँ– संसदीय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रिया पूर्वतयारीको कार्य सम्पन्न नगरी सुरु गरेको र कानुनसम्मत् नभएको भनी प्रश्न उठेको भन्दै यसको […]

विकास तथा प्रविधि समितिको निर्देशन

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो । समितिले आगामी आयोजना जनताले अपेक्षा […]

टेलिकमको इन्टरनेट गुणस्तरिय बनाउने कार्ययोजना पेश गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, पुष १९ । प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाल टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएको भन्दै समितिले टेलिकमले दिने इन्टरनेटको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेश गर्न निर्देशन दिएको हो । समितिले आगामी […]