नारायणघाट–बुटवल सडक खण्डमा धेरै रुख काटिएको खुलासा, छानबिन गर्न संसदीय समितिको निर्देशन

नारायणघाट–बुटवल सडक खण्डमा डिपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरू काटिएको खुलासा भएको छ । संसदीय समितिले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरूमाथि छानविन गर्न निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रतिनिधि समितिको शुक्रवारको बैठकले नारायणघाट–बुटवल सडक खण्डका दुवै प्याकेजमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरूमाथि छानविन गरी प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । आयोजनाको काम नै प्रभावित ह