उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले त्रिविअन्तर्गतका उपसमितिहरूलाई १० दिन भित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले समितिको वार्षिक प्रतिवेदन संसदमा बुझाउनुपर्ने भएकाले विभिन्न उपसमितिहरूले समितिलाई बुझाउनुपर्ने प्रतिवेदन १० दिनभित्र बुझाउन निर्देशन दिएको हो । उपसमितिहरूले समितिलाई प्रतिवेदन बुझाइसकेपछि समितिको वार्षिक प्रतिवेदन संसदमा पेश गरिने निर्णय गरिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बमल प्रसाद श्रीवास्तवले बताए