मूल मुद्दाबाट किन विमुख हुँदैछन् विद्यार्थी संगठनहरु?
लामो इतिहास तथा आम जनताको आशभरोसा बोकेका विद्यार्थी संगठनहरु आफ्ना प्रमुख मुद्दाबाट विमुख हुँदा शैक्षिक मुद्दा, विद्यार्थी र आम समाजका साझा मुद्दाहरु ओझेलमा पर्दै गइरहेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट यसपटक १० हजार ४ सय विद्यार्थी दीक्षित हुने भएका छन् । पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा भोलि शुक्रबार आयोजना हुने ४८ औं दीक्षान्त समारोहमा विसं २०७८ असार १ गतेदेखि २०७१ जेठ मसान्तभित्र ट्रान्सक्रिप्ट लिएका विद्यार्थी सहभागी हुन सक्नेछन् । दीक्षान्त मूल समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले जनाएअनुसार दीक्षान्त समारोहमा स्नातक तहतर्फ ६ हजार ६ सय ९१ स्नातकोत्तरतर्फ ३ हजार ५ सय ४९ एमफिलबाट ५५ र विद्यावारिधिबाट १७ जना दीक्षित हुँदैछन्।दीक्षान्त
त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो । दीक्षान्त मूल समारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् ।विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्त भित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १
विराटनगर : एमबिबिएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन गएका विभिन्न विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले नोवेल मेडिकल कलेज तोडफोड गरेका छन्।अतिरिक्त शुल्क विवाद कायम रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा बुधबार विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरूले नोवेलको मूल द्वारमा तोडफोड गरेका हुन्।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ।ती विद्यार्थी यतिवेला कक्षा प्रवेशका लागि आन्दोलनरत छन्।&
काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टी अब आउने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा वाल्मीकि क्याम्पसमा आयोजित एक कार्यक्रममा उनले आउने निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका हुन्।
'हाम्रो मूल लक्ष्य आउने निर्वाचन हुनुपर्छ। काँग्रेस एक्लैले जित्ने गरि अघि बढ्नुपर्छ। यसमा नेविसंघ…
खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका सदस्य शमशेर केसीको प्रवासबाट विदाइ गरिएको छ । पञ्जाबको चंडिगढस्थित इन्डस्ट्रीयल एरिया अन्तर्गत सेक्टर २८ मा बसोवास गरि गल्फकल्वमा कार्यरत शमशेर केसी स्वदेशको जनतान्त्रिक आन्दोलनमा प्रत्यक्ष सहभागी भइ काम गर्ने इच्छानुरूप स्वैच्छिक सेवानिवृत हुनुभएको हो ।
केसी १९९१ मा फरिदावादबाट एकता समाजको सदस्यता लिए पनि १९९५ मा चंडिगढको किसनगढ टोल समितिमा आवद्ब भइ निरन्तर क्रियाशील रहँदै हाल नगरसमितीको सदस्य, इन्डस्ट्रीयल एरिया समिति अध्यक्ष तथा नगर खेल विभागको कोषाध्यक्षलगायत विभिन्न जिम्मेवारी बहन गर्दै आउनुभएको थियो ।
उहाँलाई मूल प्रवाह केन्द्रीय सदस्य दिनेश खडका र केन्द्रीय सल्लाहकार एवम् नेपाली समाचारका संयोजक खिमराज चालिसेले संयुक्त रुपमा फूलको हार पहिनाइ स्मृति चिन्ह प्रदान गरी सम्मान गर्नुभएको थियो । केन्द्रीय सदस्य खडकाले उहाँको योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय सल्लाहकार एवम् महिला क्षत्रीय विभागकी सचिव जुना चालिसे, महिला क्षत्रीय सदस्य एवम् नगर संयोजक माया आचार्य, सदस्य सिमा खडका, मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसी, सचिव तेजबहादुर रोका, एडवोकेट तथा विद्यार्थी क्षेत्रीय अध्यक्ष माधव पोख्रेल लगाएत नगर, एरिया तथा टोलका कार्यकर्ताहरुले टीका लगाएर सम्मान गर्नुभएको थियो ।
नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा तथा सहसचिव थानेश्वर पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर कोषाध्यक्ष किसन खनालले स्वागत गर्नुभएको थियो।
दाङको राप्ती गाउँपालिका वार्ड नम्बर ८ पीपरी, सिसेनियाका स्थायी बासिन्दा शमशेर केसीले आफू स्वदेशमा गएर राष्ट्रिय जनमोर्चाको झण्डामुनी गोलबद्ध भइ जनतान्त्रिक आन्दोलनमा योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगरसमितीद्वारा संचालित सिटि एरिया समिति अन्तर्गत सेक्टर २४ मा टोल समिति गठन गरिएको छ ।
महिला नगर सदस्य मन्जु विकको पहल तथा केन्द्रीय सल्लाहकार तथा नेपाली समाचारका संयोजक खिमराज चालिसे र नगर सदस्य एवम् एरिया अध्यक्ष दुर्गा विकको विषेश उपस्थितिमा सम्पन्न भेलाले समिति गठन गरेको हो ।
भेलामा ‘मूल प्रवाहको इतिहास एवम् हाम्रो दाहित्वबारे प्रशिक्षण तथा छलफल गरिएको थियो । भेलाले विमला पाण्डेको अध्यक्षतामा १३ सदस्यीय ‘प्रगतिशील’ नामक टोल समितिको गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सिता खडका, सचिव विनोद गौतम, सहसचिव विष्णु पाण्डे कोषाध्यक्ष समुन्द्र कार्की र सदस्यहरुमा कासीराम डांगी, बालीका डांगी, कमल बहादुर खडका, ज्योती कार्की, रिना, कृतीका अमगाईं, ऋषी अमगाईं, मोनिका सुवेदी लगाएत हुनुहुन्छ।
नवनिर्वाचित समितिको तर्फदेखी अध्यक्षको सपथ ग्रहण पछि शुभकामना दिने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सल्लाहकार एंव युगदर्शन सम्वाददाता खिमराज चालिसे, नगर सदस्य एंव एरिया अध्यक्ष दुर्गा विक, महिला नगर सदस्य मन्जु विक, विद्यार्थी नगर सदस्य सम्झना विक, वाल विभागका संयोजक सन्दिप विक लगाएत हुनुहुन्थ्यो ।
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिती चेन्नईका नगर उपाध्यक्ष देविप्रसाद ढकाल नोकरीमा अवकास पाएर स्वदेश फर्कनुभएको छ ।
ढकाललाई एक समारोह आयोजना गरी मूल प्रवाहले सम्मानका साथ बिदाई गरेको छ । कार्यक्रममा मूल प्रवाहका पूर्व नगर समिती चेन्नईको तर्फबाट नेता कार्यकर्ताहरुले ढकाललाई दोसल्ला ओढाई सम्मान सहित विदाई गर्नुभएको हो ।
देबिप्रसाद ढकालले मूल प्रवाहका उतार चढावबारे स्मरण गर्दै संगठनमा ३५ वर्ष निरन्तर काम गरेको बताउनु भयो । कार्यक्रममा क्षेत्रीय कोषाध्यक्ष शेरबहादुर विक, सदस्य चन्द्र बहादुर थापा, विद्यार्थी केन्द्रीय उपाध्यक्ष विक्रम केसी, नगर अध्यक्ष नरबहादुर विक, महिला विभागबाट मंगली विक, रक्तिमबाट दिपा केसी, नगर सदस्यहरु गोपाल विक, रेशम थापा, तिलक विक, र एरिया समितीको तर्फबाट उमानन्द आचार्यको पनि आतिथ्यता रहेको थियो ।
नरबहादुर गुरूङको अध्यक्षता तथा नारायण पौडेलको स्वागतबाट अघि बढेको समारोहको सञ्चालन मोहराज सुवदीले गर्नुभएको थियो ।