काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खराव तत्वहरू बाहिरएपछि पार्टी एकढिक्का बनेको बताएका छन्। प्रचण्ड र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको उनको भनाइ थियो। शनिवार देशभर एमालेको वडा अधिवेशनको भर्चुअल उद्घाटन गर्दै उनले विभाजनबाट पार्टीमा सकारात्मक प्रभाव परेको दावी गरेका हुन्। ‘पार्टी विरोधी तत्वहरुको बहिर्गमनपछि हामी एक ढिक्का छौं। यो एउटा खुशीको कुरा हो ।’ओलीले भने।