काठमाडौं : यतिबेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चौतर्फी दबावमा छन्। पाँच दलीय सत्ता गठबन्धन निर्माण गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन ठूलो कसरत गरेका प्रचण्ड अहिले उनकै कारणले दबावमा फसेका हुन्। देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी अगाडि बढाउने अडान राखेपछि उनीमाथि दबाव बढेको हो। त्यति मात्रै नभएर प्रचण्डले प्रधानमन्त्री देउवासँग फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र एमसिसी सम्झौता पारित गर्ने प्रतिबद्धत