सहुलियत पसलका नाममा डीडीसीको बेइमानी

चाडबाडलाई लक्ष्य गरी सरकारले खाद्य वस्तुमा छुट दिने निर्णय गरे पनि बिक्री मूल्य भने निजी क्षेत्रको तुलनामा महँगो राखेको छ । असोज १ देखि सञ्चालन हुने सहुलियत पसलमा सरकारले दुग्ध विकास संस्थान (डीडीसी) मार्फत घिउ, चिज, पनिर, दहीमा छुट दिने निर्णय गरेको छ । घिउमा प्रतिकिलो ५०, चिजमा २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने प्रतिबद्धता जनाएको डीडीसीले बजारमूल्य भने निजी डेरीभन्दा महँगो राखेको हो ।