एमाले केन्द्रीय सदस्य विष्णु रिजालले गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रुचिमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साधिएको बताएका छन् । बुधबार बिहान सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै नेता रिजालले राज्यलाई प्रतिशोध साध्ने र उत्तेजित हुने छुट नभएको बताएका हुन् ।