काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइपूर्वक लागू गर्न आग्रह गर्नुभयो । बिहीवार काठमाण्डौमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
शैक्षिक क्यालेन्डरअनुसार समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने मन्त्री पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘सबै विश्वविद्यालयले प्राध्यापकहरूको सहयोगमा क्या...