नेपाली काँग्रेसले मकवानपुरको बकैया गाउँपालिकामा तालमेल नगर्ने निर्णय गरेको छ । सत्तारुढ पाँच दलबीच विभिन्न पालिकामा गठबन्धन गर्ने निर्णय भए पनि बकैया गाउँपालिकामा भने काँग्रेसले गठबन्धन घटकसँग मित्रवत् प्रतिस्पर्धा गर्ने भएको हो ।काँग्रेसका बकैया गाउँपालिका सभापति दिलबहादुर बोम्जनले पत्रकार सम्मेलनमा जनाएअनुसार पालिकाका १२ वटै वडाका सभापतिले चुनावी तालमेलबिना नै प्रतिस्पर्धा गर्ने निर्णयमा सहमति जनाएका छन् ।