४ स्थानीय तहमा कांग्रेसले चुनावी तालमेल नगर्ने

कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल नगर्ने भएको छ। कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ क्षेत्रीय समितिले जिल्ला सभापति पदम बोगटीलाई कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएको हो।निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय सम

सम्बन्धित सामग्री

कास्कीमा कांग्रेसले एकीकृत समाजवादीसँग चुनावी तालमेल नगर्ने

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)सँग चुनावी तालमेल नगर्ने भएको छ। कास्की

राप्रपा आफ्नै बलबुतामा निर्वाचनमा जान्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीय तह निर्वाचनमा जनताबीच जाने र कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पारे ।उनले आगामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने दाबी गर्दै चुनावमा राम्रो परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे । अध्यक्ष लिङ्देनले राप्रपाले मौका पाउने बित्ति

सल्यानमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल नगर्ने

४ वैशाख, सल्यान । सल्यानमा सत्तारुढ गठबन्धनका दलले स्थानीय तह चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । गठबन्धन दलकातर्फबाट पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् । बैठकपछि नेपाली कांग्रेसका सभापति केशबहादुर विष्ट, उपसभापति सन्तोष केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज लोकबहादुर डाँगी, […]

तालमेलमै लाग्न निर्देशन

काठमाडौं, बैशाख ३ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा आबद्ध दलसँग नै तालमेल गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ। पार्टीका स्थानीय तह समितिबाट केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल नगर्ने निर्णय भइरहेका बेला नेपाली कांग्रेसले गठबन्धनको भावना र नीतिअनुसार अघि बढ्न मातहतका संयन्त्रलाई निर्देशन दिएको हो। वैशाख ३० गते हुने स्थानीय तहको […]

बालुवाटारमा गठबन्धन बैठक : तालमेलको मोडलमा छलफल

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ ।  बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलहरु बीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने सहमति गरेपनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेको छैन । यसैबीच आजको बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । आसन्न स्थानीय चुनावमा एमाले विरुद्ध देशव्यापी गठबन्धन गरे

गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल नगर्ने

सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा एकतावद्ध भएर जाने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने निर्णय गरेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...

मसालले एमाले र राजावादीसँग तालमेल नगर्ने

काठमाडौं, ३ फागुन । नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग तालमेल नगर्ने भएको छ । पार्टीको गत माघ २८ र २९ गते बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गर्न सकिने निर्णय भएको जनाइएको छ । आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने पार्टीको नीति हुने […]

चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग कुनैपनि हालतमा तालमेल नगर्ने निर्णय गरेको छ ।  पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै सम्भव भएसम्म सत्ता गठबन्धनमा आबद्ध दलसँग भने तालमेल गर्न सकिने निर्णय गरेको छ । ‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ’, मंगलबार बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मोह

माधव नेपालको पार्टीसँग कुनै तालमेल र एकता हुँदैन : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता नहुने स्पस्ट पारेका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालसँग कुनै तालमेल र पार्टी एकता नहुने बताएका हुन् ।उनले एमाले एक्लै चुनाव लड्ने पनि बताए । ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौँ’, ओलीको भनाइ छ । उनले चुनावी तालमेल नगर्ने भन्दै अघि भ