१५ लाख नेपालीलाई पुग्ने खोप केही दिनमै : अमेरिका

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अबको केही दिनमा नै अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने कोभिड १९ विरुद्धको निःशुल्क खोप दिने बताएका छन् । राजदूत बेरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।उनले लेखेका छन्– ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड १९ खोप निःशुल्क उपलब्ध गराउँदैछ। नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुसीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर

सम्बन्धित सामग्री

पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला

न्युयोर्क । अमेरिकाले २० महिनापछि विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो । यात्रा प्रतिबन्धका […] The post पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अमेरिका र हङकङमा ५ वर्षदेखिका बालबालिकालाई फाइजर खोप लगाउने तयारी

अमेरिका र हङकङमा ५ वा त्यो भन्दा माथिको उमेरका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने तयारी थालिएको छ।

पूर्ण मात्रा खोप लगाएकाका लागि अमेरिका जान हवाई यात्रा खुकुलो

काठमाण्डाै - अमेरिकाले बेलायत, ईयू र अरु देशका मानिसलाई प्रवेश गर्न पाउने गरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरदेखि पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेपछि अमेरिका जान पाउनेछन् । अमेरिकामा गएको वर्ष सुरुबाटै यात्रासम्बन्धी कडा प्रतिबन्ध कायम छन् । गएको हप्ता ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । तर नयाँ नियम घोषणा गरी ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले अमेरिका प्रवेश गर्नेहरुका लागि पूर्णमात्रा खोप लगाएको हुनुपर्ने बताउनुभयो । अहिलेको नियम अनुसार पछिल्लो १४ ...

नेपालमै खोप उत्पादन कति सम्भव ? (भिडियो)

कोरोना भाइरसको संक्रमण फैलिएको १ बर्षभित्र वेलायत , अमेरिका ,चीन लगायतका समृद्ध देश खोप बनाउन सफल भएका थिए । यही खोप भारत , पाकिस्तान र बंगलादेशले बनाउन सुरु गरिसकेका छन् ।

चीनले थप १६ लाख डोज खोप दिने

नेपाललाई धेरै खोप उपलब्ध गराउनेमा चीन, अमेरिका र भारत चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । यसअघि उसले १८ लाख डोज सहयोग गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत...

अमेरिकी राजदूतले भने– अमेरिका सदैव नेपालीहरूको साथमा छ

काठमाडौं। अमेरिकाले नेपाललाई केही समयभित्रै कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउँदैछ। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिडविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने बताएका छन्। “नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा मेरो लागि यो अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ,”उनले भने।

कोरोना खोप लगाउन काठमाडौंदेखि अमेरिका !

३ असार, काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि विश्वका धेरै मुलुकबाट खोप लगाउनकै लागि जाने क्रम बढेको छ । नेपालमा पनि खोपको उपलब्धता अनिश्चित भएका कारण सामर्थ्य भएका नेपालीहरु अमेरिका जाने क्रम बढ्न थालेको ट्राभल व्यवसायीहरु […]

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

विभिन्न मित्रराष्ट्रसँग कोभिड१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य

भारतबाट नपाएपछि बंगलादेशले अमेरिका र बेलायतसँग कोरोना खोप माग्यो

९ जेठ, काठमाडौं । भारतबाट कोरोनाविरुद्धको खोप तत्काल नपाउने भएपछि बंगलादेश सरकारले अमेरिका र बेलायतलाई खोप उपलब्ध गराइदिन आग्रह गरेको छ । बंगलादेश सरकारले अमेरिका र बेलायतबाट एस्ट्राजेनेका खोप मागेको स्थानीय मिडियाहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनका अनुसार पहिलो डोज लगाइसकेहरुलाई दोस्रो डोज दिनका लागि १६ लाख खोप आवश्यक […]

कोरोना खोपले चीन र रूस विकासोन्मुख देशसँग नजिकिए, अमेरिका टाढियो

सीएनएन। कोरोना खोपका कारण चीन र रूस विकासोन्मुख देशसँग नजिएका छन् भने अमेरिका टाढिएको छ। अहिले अधिकांश देशमा चीन र रूसले खोप बिक्री तथा सहयोग स्वरूप उपलब्ध गराइरहेको छ। अमेरिका भने आफ्नै देशका नागरिकलाई मात्र खोप लगाउन व्यस्त देखिएको छ। खोप उत्पादनमा चीन र रूस आपसमा मिलेका पनि छन्। रूसको स्पुतनिक-भी खोपको २६ करोड डोज चीनमा उत्पादन भइरहेको छ।