पूर्ण मात्रा खोप लगाएकाका लागि अमेरिका जान हवाई यात्रा खुकुलो

काठमाण्डाै - अमेरिकाले बेलायत, ईयू र अरु देशका मानिसलाई प्रवेश गर्न पाउने गरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरदेखि पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेपछि अमेरिका जान पाउनेछन् । अमेरिकामा गएको वर्ष सुरुबाटै यात्रासम्बन्धी कडा प्रतिबन्ध कायम छन् । गएको हप्ता ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । तर नयाँ नियम घोषणा गरी ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले अमेरिका प्रवेश गर्नेहरुका लागि पूर्णमात्रा खोप लगाएको हुनुपर्ने बताउनुभयो । अहिलेको नियम अनुसार पछिल्लो १४ ...

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलबाट ७ महिनामा २५ लाखले गरे अन्तर्राष्ट्रिय हवाई यात्रा

२६ साउन, काठमाडौं । यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा २५ लाख यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका छन् । जनवरी २०२३ देखि जुलाई २०२३ सम्म २५ लाख १२ हजार ८१० जना हवाई यात्रुले अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका हुन् । ७ महिनामा १३ लाख ६८ हजार ३३७ जना यात्रु नेपालबाट विदेश उडेका छन् । […]

हवाई यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, पुस ३० । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । तराईका थोरै भू-भागहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ । दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा […]

आईएमई पेको नयाँ अफर, १ रूपैयाँमै हवाई यात्रा गर्न सकिने

विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ । अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता...

आईएमई पेको हवाई यात्रा अफर : हरेक दिन एक जनालाई एक रुपैयाँमा उडान टिकट

काठमाण्डाै - आईएमई पेले हवाई यात्रा अफर सार्वजनिक गरेकाे छ ।  प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे अवसरलाई मध्यनजर गर्दै आईएमईले हवाई यात्रा अफर ल्याएकाे हाे।  अफर अनुसार आईएमई पे एपमार्फत् हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले एक रुपैयाँमा हवाई यात्रा गर्न पाउने छन् । प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नु परे पनि विजेता घाेषित भएपछि एक रुपैयाँबाहेक सबै रकम फिर्ता हुने आईएमईले जनाएकाे छ ।  चुनावमा मतदातालाई मताधिकार प्रयाेग...

१० महिनामै टिआइएबाट ६५ लाखले गरे हवाई यात्रा

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुहरूको संख्या यस वर्ष उल्लेख्य बढेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट सन् २०२२ को १० महिनामा ६४ लाख ८५ हजारले यात्रुले देश तथा विदेशमा...

हवाई यात्रा  पनि,कहाँको कति ?

नेपाल आयल निगम (एनओसी)ले हवाई इन्धनको मूल्य बढाएपछि हवाई यात्रा पनि महँगिएको छ । आइतबार निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएपछि नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानमा चार सय...

बढ्यो हवाई यात्रा सेवा शुल्क

सरकारले वृद्धि गरेको हवाई यात्रा सेवा शुल्क जेठ दोस्रो साताबाट लागू हुने भएको छ । गएको चैत मसान्तमा मन्त्रिपरिषद्बाट पारित भएको नयाँ शुल्क १४ जेठबाट कार्यान्वयनमा आउन लागेको हो ।नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सूचना प्रकाशित गर्दै वृद्धि भएको विमानस्थल सेवा शुल्क कार्यान्वयनमा आउने जानकारी दिएको छ । अब हवाई यात्रुले भाडादरमा नै विमानस्थल सेवा […]

अब खोप कार्ड देखाएर मात्र हवाई यात्रा

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानका यात्रुको एन्टिजेन परीक्षण अनिवार्य गरे पनि वायुसेवा सञ्चालक संघले भने कोभिडविरुद्धको खोप लगाएको कार्डबाट नै हवाई यात्रा गर्न सकिने निर्णय गरेको छ । वायुसेवा सञ्चालक संघले हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर पनि यात्रा गर्न सकिने निर्णय गरेको हो । संघको बुधवार बसेको कार्यसमिति बैठकले कार्ड सीधै कार्ड बोकेको नभए पनि मोबाइलमा फोटो खिचेको भए त्यो देखाएर पनि यात्रा गर्न सकिने निर्णय गरेको छ । पुस ३० गते मन्त्रिपरिषद्को बैठकले वायुसेवा कम्पनीहरूले नै यात्रुको एन्टिजेन परीक्षण गरेर कोभिड नेगेटिभ आएमात्रै यात्रा गराउन पाउने निर्णय गरेको थियो । माघ ८ गतेदेखि एन्टिजेन परीक्षण गर्ने मन्त्रिपरिषद्को निर्णय भए पनि शनिवार नआउँदै संघले बुधवार बैठक बसेर कार्डकै आधारमा हवाई यात्रा गर्न सकिने निर्णय गरेको हो । संघले सूचना जारी गरेर हवाई यात्रमा कोभिडविरुद्धको कार्डलाई अनिवार्य गरेको छ । आन्तरिक हवाई उडानमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि अन्य आवश्यक विषयहरू पनि लागू हुने संघले उल्लेख गरेको छ । संघले एयरलाइन्स कम्पनीहरूले पालना गर्नुपर्ने नियमहरू पनि तोकेको छ । संघका अनुसार एयरलाइन्स कम्पनीहरूले हवाई जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निस्संक्रमित गर्नुपर्ने, चेक–इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्डहरू लागू गर्नुपर्नेछ । पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण अत्यधिक देखिन थालेपछि यात्रामा स्वास्थ्य मापदण्डहरू पालनामा कडाइ गरिएको छ । केही दिनअघि निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले १ हजार ८९५ जनामा गरेको सर्वेक्षणमा हवाई यात्रुमध्ये ९५ प्रतिशत यात्रुले कोभिडविरुद्धको खोप लगाएका थिए ।

हवाई यात्रा सुरक्षित छ, ढुक्क भएर यात्रा गर्नुहोस् : व्यवसायी

१५ वैशाख, काठमाडौं । सरकारले बिहीबारबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरेको छ । यस्तो घोषणामा सार्वजनिक तथा निजी सवारी साधन बन्द भएपछि हवाई यात्रा भने निरन्तर जारी रहने छ । हवाई व्यवसायीहरुको छाता संगठन वायुसेवा संचालक संघ (आयोन)ले हवाई यात्रा सुरक्षित रहेको भन्दै ढुक्क भएर यात्रा गर्न आह्वान गरेको छ । वायुसेवा कम्पनीले नेपाल […]