अफगानिस्तानको राजधानी काबुलमा दर्जनौं महिलाले अधिकारको माग गर्दै गरेको प्रदर्शनमा तालिबान अधिकारीहरूले दमन गरेका छन् ।
तालिबानले आफूलाई अश्रूग्यास र खुर्सानीको धूलोले आक्रमण गरेको महिला समूहको भनाइ छ ।
तर प्रदर्शन नियन्त्रणबाहिर गएपछि नियन्त्रणमा लिन यो कदम चालेको तालिबानले बताएको छ ।
काबुल र हेरातमा महिलाहरूले विभिन्न विरोध प्रदर्शन गरिरहेका छन् ।
उनीहरूले काम गर्न पाउनुपर्ने र सरकारमा समावेश गराइनुपर्ने माग राखेका छन् । तालिबानले सरकारको घोषणा केही दिनमा गर्ने बताएको छ ।
...