विपक्षीको विरोधकाबीच अर्थमन्त्री शर्माद्वारा प्रतिस्थापन विधेयक प्रस्तुत
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् । संसदमा शुक्रबार विपक्षीको लगातारको विरोध र होहल्लाबीच अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका हुन् ।
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका छन्। एमालेका सांसदहरुले सभामुखले बैठक सञ्चालन सुरु गरेसँगै होहल्ला सहित नाराबाजी गरेका थिए ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।
काठमाडौँ- विपक्षीको सभालगातारको विरोध र होहल्लाबीच नै प्रतिस्थापन विधेयक प्रस्तुत गरिएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको लगातारको विरोधलाई सुनेको नसुन्यै गर्दै प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्। अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले दिवगंत पूर्वसांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको शोकप्रस्ताव पेश गरेका थिए। संसदको अर्को बैठक […]
काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ। शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। अहिले संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको छ भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका छन्। नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी पनि चलिरहेको छ। विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्म
काठमाडौँ– सरकारले दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ खर्च दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र हृदयाघातका बिरामीलाई औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको जानकारी दिएका हुन्। परिवर्तनविरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि […]