उता विपक्षीको लगातार विरोध, रोष्टममा अर्थमन्त्री शर्मा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै

काठमाडौँ- संसदमा शुक्रबार विपक्षीको लगातारको विरोध र होहल्लाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन्। विपक्षीको लगातारको विरोधलाई बेवास्ता गर्दै सत्ता पक्षले संसदको बिजनेस अगाडि बढाइरहेको हो। विपक्षी दल नेकपा एमालेका सांसदहरु रोष्टममा पुगेर अर्थमन्त्रीलाई रोक्ने प्रयास गरिरहेका छन्। शुक्रबार बसेको दोस्रो बैठकले विनियोजन विधेयक र बजेटसँग सम्बन्धित आश्रित आर्थिक अध्यादेश र राष्ट्र ऋण […]

सम्बन्धित सामग्री

यसरी भाग्दै पुगे अर्थ मन्त्री संसदको रोष्टममा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका छन्। एमालेका सांसदहरुले सभामुखले बैठक सञ्चालन सुरु गरेसँगै होहल्ला सहित नाराबाजी गरेका थिए ।

क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।

अर्थमन्त्रीद्वारा प्रतिस्थापन विधेयक प्रस्तुत, १६ खर्ब ३२ अर्बको बजेट

अर्थमन्त्रीले विधेयक पेश गरेसँगै तीन जना सभासद र पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

होहल्लाबीच नै प्रतिस्थापन विधेयक पेस गरेर संसद बैठक सकियो

काठमाडौँ- विपक्षीको सभालगातारको विरोध र होहल्लाबीच नै प्रतिस्थापन विधेयक प्रस्तुत गरिएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको लगातारको विरोधलाई सुनेको नसुन्यै गर्दै प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्। अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले दिवगंत पूर्वसांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको शोकप्रस्ताव पेश गरेका थिए। संसदको अर्को बैठक […]

ओली सरकारको बजेट प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ। शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। अहिले संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको छ भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका छन्। नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी पनि चलिरहेको छ। विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्म

दीर्घरोगीलाई सरकारले मासिक ५ हजार रुपैयाँ भत्ता दिने

काठमाडौँ– सरकारले दीर्घरोगीलाई मासिक ५ हजार रुपैयाँ खर्च दिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संसदमा शुक्रबार प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र हृदयाघातका बिरामीलाई ‍औषधोपचारका लागि मासिक पाँच हजारका दरले खर्च दिने व्यवस्था गरेको जानकारी दिएका हुन्। परिवर्तनविरुद्धको आन्दोलन गर्ने परिवारका लागि जीवनवृत्तिका लागि मासिक तीन हजार रुपैयाँ दिने व्यवस्था गरेको पनि […]

विपक्षीको विरोधकाबीच अर्थमन्त्री शर्माद्वारा प्रतिस्थापन विधेयक प्रस्तुत

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् । संसदमा शुक्रबार विपक्षीको लगातारको विरोध र होहल्लाबीच अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका हुन् ।