काठमाडौँ- सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने भएको छ। आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने बताएका हुन्। सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोष्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको थियो। केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो।
सरकारले काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् । त्यसरी खाना खुवाउन सरकारले सामाजिक संस्थाहरूसँग सहकार्य गर्ने जनाइएको छ । अर्थमन्त्री शर्माले भने, ‘शहरी विपन्न नागरिकहरूको लागि सामाजिक संस्थाको सहकार्यमा काठमाण्डौ उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिनेछ।’ उच्च हिमाली क्षेत्रमा छरिएर रहेका घर परिवारलाई एकीकृ
सरकारले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुन: काठमाडौँ ल्याइसक्ने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् । ‘बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना संवत् २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु’, शर्माले भने । गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थि
शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।
काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ। शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन्। अहिले संसदमा एमाले सांसदको नाराबाजी चलिरहेको छ भने अर्थमन्त्री शर्माले विधेयक प्रस्तुत गरिरहेका छन्। नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी पनि चलिरहेको छ। विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्म
काठमाडौं । सरकारले बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक पेश गरेको छ ।
संसदको आजको चौथो बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री जनार्दशन शर्माले बजेट अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन् ।
संसदको तेस्रो बैठक पनि एमालेले अवरोध गरेपछि चौथो बैठकमा अवरोधबीच सरकारले बजेट प्रतिस्थापन अध्यादेश पेश गरेको हो ।