मनसुनी विपद् पीडितलाई सरकारले १९ करोड ९७ लाख रुपैयाँ दिने

काठमाडौँ : सरकारले विपद्बाट क्षतिपुगेका घरपरिवारलाई आवास पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराउने भएको छ । विभिन्न जिल्लाका ३,९४९ लाभग्राही परिवारहरूलाई पहिलो किस्ता बापत प्रति परिवार ५० हजार रुपैयाँका दरले कुल १९ करोड ९७ लाख रुपैयाँ अनुदान प्रदान गरी पुनर्निर्माणका काम सुरु गरिएको अर्थ तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलल…

सम्बन्धित सामग्री

रैनादेवीले जनप्रतिनिधिको सुविधा कटाएर भूकम्प पीडितलाई सहयोग गर्ने

९ मंसिर, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिले जाजरकोट र रुकुम पूर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् । गाउँ कार्यपालिकाको बैठकले भूकम्प प्रभावितका लागि तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । रैनादेवी छहराका जनप्रतिनिधिले भूकम्प प्रभावित क्षेत्रमा, राहत, उपचार, पुनस्थापनका र पुनःनिर्माणमा सहयोग गर्न उक्त रकम दिने […]

एकीकृत समाजवादीले २५ लाख रुपैयाँ भूकम्प पीडितलाई सहयाेग गर्ने

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आज सोमवार बसेको पार्टीकाे सचिवालय बैठकले भूकम्प पीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तर्फबाट रकम सङ्कलन गरेर सरकारको कोषमा जम्मा गर्ने जानकारी दिनुभयो । त्यसका लागि पार्टीका सङ्घीय सरकार र प्रदेश सरकारका मन्त्री, सांसद र जनप्रतिनिधि एवम् राजनीतिक नियुक्तिमा गएका व्यक्तिबाट १५ दिनको पारिश्रमिक जम्मा गर्ने उहाँ...

पहिरो पीडितलाई साढे १६ लाख रुपैयाँ राहत

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ताप्लेजुङका पहिरो पीडित तथा प्रभावित परिवारलाई साढे १६ लाख रुपैयाँ राहत प्रदान गरेको छ।...

पहिरो पीडितलाई कृषि बैंकको ताप्लेजुङ शाखाले दियो १ लाख रुपैयाँ राहत

कृषि विकास बैंकको ताप्लेजुङ शाखाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ।...

सोलुखुम्बु : नेलेका अग्नि पीडितलाई ५८ लाख रुपैयाँ सहयाेग प्राप्त

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेका अग्नि पीडित परिवारलाई ५८ लाख रुपैयाँ भन्दा धरै सहयोग प्राप्त भएको छ । अग्नि पीडित सहयोग समिति मार्फत विभिन्न व्यक्तिहरुबाट संकलन भएको ५८ लाख १० हजार ३ सय १५ रुपैयाँ रकम एक कार्यक्रमकाबीच पीडित परिवारलाई हस्तान्तरण गरेको वडाध्यक्ष एवं सहयोग संकलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो । पीडितहरुले क्षतिको आधारमा एउटा घर परिवारले बढीमा १२ लाख ८७  हजार आठ सय देखि कम्तीमा १३ हजार आठ सय रुपैयाँसम्म पाएका छन् । गएको पुस ५ ...

लैनचाैरमा एक व्यक्तिबाट ३५ लाख रुपैयाँ लुट्ने २ जना पक्राउ

काठमाण्डाै – काठमाण्डाैकाे लैनचौरमा एक व्यक्तिबाट ३५ लाख रुपैयाँ लुट्ने दुई जना पक्राउ परेका छन् ।  लैनचौरमा रहेको ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका एक व्यक्तिको साथबाट ३५ लाख रुपैयाँ लुटपाट गर्ने नुवाकोट घर भइ बूढानीलकण्ठ बस्ने पेम्बा तामाङ र दाङ घर भइ काठमाण्डाैकाे मालीगाउँ बस्ने शालिकराम नेपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।  पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटपाट गरेकोले उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिन...

चिट्ठा परेको भन्दै २९ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाण्डाै - चिट्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाख रुपैयाँको चिट्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी २९ लाख गुमाउनुपरेको हो । याे सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिट्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप र...

ग्याँस विस्फोटका पीडितलाई महानगरले दियो दश लाख रुपैयाँ

गत कार्तिकमा नबःहाल टोलमा भएको ग्याँस बिस्फोटका पीडित परिवारलाई ललितपुर महानगरपालिकाले दश लाख रुपैयाँ प्रदान गरेको छ। महानगरपालिकाका मेयर चिरिबावु महर्जन र उपमेयर गीता सत्यालले उक्त रकम पीडित परिवारलाई प्रदान...

बाढीपहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका पीडितलाई ५ लाख सहयोग गरेको हो। यी स्थानमा असार पहिलो साता आएको बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षती भएको थियो।

सिन्धुपाल्चोक र मनाङका बाढी पहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११औं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैंया सहयोग गरेको हो । २०७८ असार १ गतेको बाढी पहिरोबाट ठूलो क्षति सहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकोले स्थानीय समुदाय एवं समाज प्रतिको उत्तरदायित्व बहन गर्