काठमाण्डाै - चिट्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाख रुपैयाँको चिट्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी २९ लाख गुमाउनुपरेको हो ।
याे सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिट्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप र...