कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ३०० जनाको मृत्यु

असार ८, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।  स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकोमा दोस्रो लहर शुरु भएयता भने मृतकको संख्या बढेर ३०० पुगेको हो ।   प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ३९२ बिरामी संक्रमणमुक्त भएको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयको अद्यावधिक तथ्यांकनुसार २७ हजार ४२१ कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या एक हजार ५८२ रहेको छ ।  स्वास्थ्य निर्देशक डा रवीन खड्काले पछिल्लो केही साता मृत्युदरमा कमी आए पनि संक्रमण दर भने नघटेको बताए । ‘संक्रमण र मृत्युदरमा केही कमी आए पनि जोखिम कायमै छ’, उनले भने, ‘कोरोनाको दोस्रो लहरको शुरूवातीमा ९८ प्रतिशतसम्म पुगेको थियो, अहिले २० प्रतिशतमा झरेको छ, तैपनि पर्याप्त सतर्कता अपनाउनु जरुरी छ ।’  संक्रमण रोकथामका लागि सुर्खेतसहितका अधिकांश जिल्लाले वैशाख १४ गतेदेखि जारी निषेधाज्ञालाई निरन्तरता दिएका छन् । रासस

सम्बन्धित सामग्री

दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने

काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ।गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार  बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौँंको मिति र स्थान तय गरेको हो। नवौं राष्ट्रिय खेलकुद आज सकिँदैछ।  बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौँं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए। उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए। बैठकमा

कर्णाली प्रदेशमा पेट्रोलियम भण्डारण क्षमता बढाउँदै आयल निगम

नेपाल आयल निगमले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजना अघि बढाएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पेट्रोलियम पदार्थको भण्डारण गर्ने ट्याङ्की छैन । निगमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भण्डारण सुविधासहितको डिपो बनाउने तयारी अघि बढाएको हो ।हाल कर्णाली प्रदेशले पेट्रोलियम पदार्थको माग नेपालगञ्ज डिपोबाट पूर्ति गर्दै आइरहेको छ । निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले कर्णाली प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने योजना अघि बढाएको जानकारी दिए ।उनले सुर्खेतमा भण्डारणसहि

कर्णाली प्रदेशमा बैंकिङ कारोबार बढ्यो

कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कारोबार उच्च दरमा वृद्धि भएको छ । प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तारसँगै वित्तीय पहुँच बढेपछि कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनले औंल्याएको छ ।अध्ययन प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७-०७८ को असारसम्ममा कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ३५.९१ प्रतिशतले […]

कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढ्दो

काठमाडौं । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेसंगै तरकारी उत्पादनमा कमी आएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार २०७७÷७८ मा ६ दशमलव ५२ प्रतिशतले खाद्यबाली उत्पादनमा वृद्धि भएको छ भने २ दशमलव २६ प्रतिशतले तरकारी उत्पादन घटेको छ । त्यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछाको उत्पादन बढेको छ भने दुग्धजन्य उत्पादनमा […]

कर्णाली प्रदेशमा दुई मन्त्रीले लिए सपथ

काठमाडौं। कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सपथग्रहण गरेका छन्। आज केहीबेर अघि उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथग्रहण गराएका हुन्। अर्थमन्त्रीमा गोपाल शर्मा र युवा तथा खेलकुद मन्त्रीमा सीता नेपालीले सपथ लिएका हुन्।