कर्णाली प्रदेशमा पेट्रोलियम भण्डारण क्षमता बढाउँदै आयल निगम

नेपाल आयल निगमले कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने योजना अघि बढाएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म पेट्रोलियम पदार्थको भण्डारण गर्ने ट्याङ्की छैन । निगमले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भण्डारण सुविधासहितको डिपो बनाउने तयारी अघि बढाएको हो ।हाल कर्णाली प्रदेशले पेट्रोलियम पदार्थको माग नेपालगञ्ज डिपोबाट पूर्ति गर्दै आइरहेको छ । निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले कर्णाली प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने योजना अघि बढाएको जानकारी दिए ।उनले सुर्खेतमा भण्डारणसहि