कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न

कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

कृषिमा कमजोरी तथ्याङ्कमा छ : सचिव मिश्र

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताउनुभएको । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय काठमाडौँद्वारा आयोजित तीन दिने ‘किसान सूचीकरण प्रणालीसम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण’ को मङ्गलबार समापन कार्यक्रममा सचिव डा मिश्रले कुनै पनि क्षेत्रको विकास तथा योजनाको महत्वपूर्ण आधार भनेकै तथ्याङ्क भएको बताउनुभयो । “कृषिमा कही कमजोरी छ भने तथ्याङ्कमा छ । सही तथ्याङ्कका आधारमा काम गर्ने प्रक्रियामा हामी चिप्लिराखेका छौँ । हाम्रो किसानको वास्तविक तथ्याङ्क नभई हामीले कृषिमा सही काम गर्न सक्दैनौँ । एक पटक मात्र तथ्याङ्क प्रवेश गर्न सक्यौँ भने हामीले दीर्घकालीन विकासको खाका कोर्न सक्छौँ”, उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा हाल दुई लाख ९८ हजार घरधुरी छन् । हामीले दुई लाख ५० हजार जति तथ्याङ्क सङ्कलन गरे तथ्यको नजिक जान सकिएला । देशका सबै ठाउँमा तालिम सम्पन्न भएपछि फागुनमा किसान सूचीकरणको दर्ता कार्य शुरु हुन्छ ।” तथ्याङ्क सङ्कलनपश्चात् मात्र दोस्रो चरणमा किसानहरुको वर्गीकरण गर्न सकिने उहाँको भनाइ थियो ।