काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ की कृष्णमाया तामाङलाई कोरोना महामारीपछि छोरीको पढाइबारे पर्न गएको तनाव अहिले मत्थर भएको छ । सरकारले अघि सारेको वैकल्पिक सिकाइ प्रणालीलाई पछ्याउँदै स्थानीय रेडियोले सिकाइ कक्षा सञ्चालन गरेपछि कुनाकाप्चाका अभिभावक र विद्यार्थीलाई राहत मिलेको हो ।