बुटवलका मेयरलाई मुक्का हान्ने एमाले कार्यकर्ता

पहिरो निरीक्षणका लागि बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर पुगेका बुटवलका नगर प्रमुख (मेयर) तथा एमाले रूपन्देही अध्यक्ष शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको खुलेको छ ।  ज्योतिनगरका स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमवार बिहान मुक्का हानेका थिए । सुवेदी पनि एमालेबाट निर्वाचित मेयर हुन् । उनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन् ।  विद्यार्थी राजनीति गर्दै आएका उनले पहिरोले पीडित बनाउँदा स्थानीय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्क...

सम्बन्धित सामग्री

काठमाडौं–७ : अग्रता लिँदा पनि खुसी हुन सकेनन् एमाले कार्यकर्ता

५ मंसिर, काठमाडौं । आफ्ना उम्मेदवारले अग्रता बढाउँदा पनि एमाले कार्यकर्ता खुसी थिएनन् काठमाडौं ७ मा । उनीहरुले आफ्नो गढ ठानेकै बस्तीहरुको मत कता गयो भन्दै उनीहरु अलमलिइरहेका थिए । उनीहरुको चैन खोस्ने काम भने सत्ता गठबन्धन या अरुले होइन, भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका ‘घन्टी’बाहक उम्मेदवारले हो । ठूला भनेर चिनिएका दलहरुविरुद्ध राष्ट्रिय स्वतन्त्र […]

ओलीको निर्देशनमा एमाले कार्यकर्ता विष पिउन तयार छन् : देवी ज्ञवाली

काठमाडौं : नेकपा एमालेका नेता देवी ज्ञवाली एमाले नेता कार्यकर्ता पदका लागि नभएर देश र जनताको लागि काम गर्ने पार्टी भएकाे बताएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘एमाले कार्यकर्ता पदको लागि लडेका छैनन्। एमालेमा कार्यकर्ताहरु पार्टीको निर्देशनमा विष पिउन तयार छन्। मृत्युवरण गर्न तयार छन्।’उनले ०७४ को चुनावमा आफूहरुलाई मतपत्र च्यातेर हराएको भुलेर पार्टीको निर्देशन मानेर नै आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जिताएर

एमाले कार्यकर्ता माथि कांग्रेसकाे साङ्घातिक आक्रमण

संखुवासभा : संखुवासभामा नेकपा एमालेका कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरिएकाे छ। जिल्लाकाे धर्मदेवी नगरपालिका –१ मा नेकपा एमाले धर्मदेवी नगर कमिटी सदस्य नारायण लिम्बूलाई कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेले लगाएको छ।हिजो साँझ नगरपालिका पुगेर घर फर्किदै गरेका  लिम्बुलाई कांग्रेस कार्यकर्ताले महभीर नजिकै डाँडामा बाटो छेकेर साङ्घातिक आक्रमण गरी मरणासन्न तुल्याएको भन्दै नेकपा एमाले धर्मदेवी नगर कमिटीले विज्ञप्ति मार्फत कारवाहीको माग गरेको छ।आक्रमणमा सं

धादिङको त्रिपुरासुन्दरीमा एमाले कार्यकर्ता कुटिए

धादिङ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका मा एमालेका कार्यकर्ता कुटिएका छन्। त्रिपुरा सुन्दरी–१ डाडाँगाउँमा घरदैलो सहभागी भइरहेका एमाले कार्यकर्तामाथि मंगलबार कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन्। आक्रमणबाट एमाले कार्यकर्ताहरु हरी श्रेष्ठ, रामशरण श्रेष्ठ र लेकबहादुर विक घाइते भएका छन्। जिल्लामा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि काठमाडौँस्थित मनमोहन मनमोहन अस्पतालमा लगिएको छ। आक्रमणमा आफ्ना अरु दश जना […]

सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस–एमाले कार्यकर्ता झडप

जाजरकोट : मंगलबार राति १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन्।घाइते हुनेमा नेकपा एमाले कार्यकर्ता ३६ बर्षका सुनिल विक र २६ बर्षीया इन्द्र विक रहेकाे जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको समेत बताए। आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेपनि कांग्रेसका कार्यकर्ता ब्याक भएकाे उनकाे भनाइ छ। एमाले कार्यकर्ताले प्रहरीसँग समेत विवाद गरेका थिए। प्र

करिश्मा एमाले कार्यकर्ता

लोकप्रिय अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर एमाले कार्यकर्ता भएकी छन्। मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मालाई खादा र टीका पहिराएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश गरेपछि कार्यक्रममा करिश्माले अध्यक्ष ओलीका कारण एमालेमा प्रवेश गरेको बताइन्। ‘ओलीजीलाई फुर्काउन भनेकी होइन। नेता भनेको जनताको पथप्रदर्शक हो। ओलीमा त्यो प्रतिबद्धता र […]

सयभन्दा बढी एमाले कार्यकर्ता समाजवादीमा प्रवेश

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगी सहित सयभन्दा बढी नेता कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। मंगलबार सल्यान खलंगामा आयोजित शारदा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा डाँगीसहित एक सयभन्दा बढी कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन्।जिल्ला समन्वय समितिको सभाहलमा भएको पार्टी प्रवेश कार्यक्रममा राष्ट्रियसभाका सदस्य उदय बोहरा र उपमहासचिव प्रकाश ज्वालाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे। डा

नारायणगढमा उत्रिए त सात लाख एमाले कार्यकर्ता? थरिथरि अनुमान

नारायणगढः नेकपा (एमाले) को १०औं महाधिवेशनको उद्घाटन सत्रमा बाक्लो मात्रमा एमाले नेता कार्यकर्ता उपस्थित भएका छन्। सवा एक बजेबाट सुरु भएको उद्घाटन सत्रका लागि नारायणगढमा मंगलबारबाटै नेता कार्यकर्ता जम्मा हुन थालेका थिए। शुक्रबारबाटै एमालेका नेता कार्यकर्ता नारायणगढमा ओइरिएका थिए। महाधिवेशन अत्याधिक रुपमा सफल भएको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनकै…

वाग्लाका एमाले कार्यकर्ता माओवादीमा प्रवेश

शनिवार गुल्मीको धुर्कोट गाउँपालिका–७, वाग्लामा नेकपा एमालेका कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यस गाउँपालिका अध्यक्ष तथा सो माओवादी केन्द्रका युवा नेता भुपाल पोखरेलले ७२ जना अगुवा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिए । त्यस मध्ये दुई चार जना मात्रै नेपाली काङ्ग्रेसबाट पार्टी प्रवेश गरेको अरू सबै नेकपा एमाले परित्याग गरि आफ्नो पार्टीमा प्रवेश गरेको उनले बताए । उनका अनुसार नेकपा एमाले निकट अनेम संघकी जिल्ला कमिटी सदस्य वासुका घिमिरे, ग

भेरी अस्पतालमा राज्य आतंक मच्चाउने एमाले कार्यकर्ता बलात्कारका आरोपी

बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी सत्ताधारी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता रहेको थाहा भएको छ । आक्रमणमा संलग्न एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् ।उनीहरुमध्ये मानबहादुर नेकपा एमालेको लुम्बिनी प्रदेश समितिका सदस्य हुन् । एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।५२ वर्षका दाजुक