पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगको मान्यता दिइ भन्सार लागत शुल्कमा छुट दिन माग

काठमाडौं । पुस्तक प्रकाशन क्षेत्रलाई उद्योगका रुपमा मान्यता दिइ भन्सार लागत शुल्कमा छुट दिन आग्रह गरिएको छ । यही मङ्सिर ५ गतेदेखि भृकुटीमण्डपमा जारी ‘दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ अन्तर्गत आज सञ्चालित अन्तरसंवाद कार्यक्रमका वक्ताले पुस्तक प्रकाशन क्षेत्र प्राज्ञिक र सेवामूलक व्यवसाय भएकाले उद्योगको मान्यता दिइ राज्यबाट आवश्यक सहजीकरण गर्न आग्रह गरेका छन् । ‘विद्यालयस्तरीय पुस्तक र निजी प्रकाशनको भूमिका’ विषयक उक्त संवादमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिका सभापति भानुभक्त जोशीले विद्यालय तहका पाठ्यपुस्तक उत्पादन र वितरण गर्ने जिम्मेवारी पाएका सरकारी र निजी निकायले समयमै काम गरी विद्यार्थी र अभिभावकलाई सेवा दिनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय पुस्तक नीति जारी गराउन, यस क्षेत्रलाई उद्योगको मान्यता दिन र पाठ्यपुस्तकको मूल्य समायोजन गर्न आफूले पहल गर्ने विश्वास दिलाए । शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक दीपक शर्माले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृतिप्राप्त पुस्तक विद्यालयले प्रयोग गर्नुपर्ने भन्दै त्यसको गुणस्तर कायम गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रसँग पनि सहकार्य गर्नुपर्ने बताए ।  महासंघका सल्लाहकार एवं एकता प्रकाशनका सञ्चालक रामचन्द्र तिमोथीले आर्थिक मन्दीसँगै प्रकाशन पलायन हुन थालेको अवस्थामा राज्यले सहुलियत दिनुपर्ने बताए । महासंघका सल्लाहकार एवं बुद्ध प्रकाशनका सञ्चालक नवराज बजगाईंले राष्ट्रिय पुस्तक नीति छिटो जारी गर्न माग गर्दै यस क्षेत्रलाई उद्योगको मान्यता दिन र ११ वर्षदेखि वृद्धि नभएको पाठ्यपुस्तकको मूल्य समायोजन गराउन आग्रह गरे । यही मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहकाबीच उद्घाटन गर्नुभएको थियो । प्रदर्शनीमा दक्षिण एशिया क्षेत्रका नेपाल, चीन, भारत, बङ्गलादेशलगायत संयुक्त राज्य अमेरिका, इजिप्टसहित १५ भन्दाबढी देशका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० कक्ष राखिएका छन् । महासंघका महासचिव शिवसागर शर्माले आज मेलामा ६० भन्दाबढी विद्यालयका विद्यार्थीको बाक्लो उपस्थिति रहेको जानकारी दिए । रासस

सम्बन्धित सामग्री

चिनी आयातमा भन्सार छुट देऊ

काठमाडौं– संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार टन चिनी मूल्य अभिवृद्धि कर छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति […]

अमेरिकाले निर्यात भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै

काठमाडौं । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्यांकले देखाएको छ । सुरूमा निर्यात बढेर केही समय कमी आए पनि पछिल्लो […]

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

काठमाडौं, असार २२ । अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो तीन वर्षदेखि भन्सार छुट पाएका वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि […]

भन्सार छुट दिएका वस्तुको निर्यात बढ्दै

अमेरिकाले निर्यातमा भन्सार छुट दिएका ७७ स्वदेशी वस्तुको निर्यात बढ्दै गएको छ । अमेरिकी बजारमा स्वदेशी उत्पादनको माग उच्च भएकाले निर्यात बढ्दै गएको हो । पछिल्लो  तीन  वर्षदेखि  भन्सार  छुट  पाएका  वस्तुको निर्यात बढ्दै गएको व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कले देखाएको छ । सुरुमा निर्यात बढेर बीचमा कमी आए पनि पछिल्लो तीन वर्षदेखि  भने  निर्यात  निरन्तर  बढ्दो  अवस्थामा  रहेको छ ।नेपालबाट भन्सार छुटमा झोला, सुटकेसजस्ता लगेज,

कच्चा खानेतेलको भन्सार शून्यमा झार्न माग

नेपाल वनस्पति घिउ-तेल उत्पादक संघले कच्चा खानेतेलको आयातमा भन्सार महसुल शून्य र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिन माग गरेको छ । आगामी बजेटमा लिएको सरकारको कर नीतिले समस्याग्रस्त वनस्पति...

खाने तेलमा भन्सार महसुल छुट गरेर राहत दिन माग

काठमाण्डौ – नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर नागरिकलाई राहत दिन सरकारसँग माग गरेको छ ।सङ्घले आज आइतवार पत्रकार सम्मेलन गर्दै छिमेकी देश भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपालले पनि त्यही नीतिलाई अवलम्बन गरी नागरिकलाई राहत दिन आग्रह गरेको हो । सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले चालु आर्थिक वर्षको वैशाखसम्म ८७ अर्ब ६० करोड रुपैयाँ बराबरको वनस्पति तेल भारत निकासी भएको जानकारी दिँदै भारतले भन्...

‘खाने तेलमा भन्सार महसुल छुट गरेर जनतालाई राहत दिनुपर्छ’

काठमाडौँ– नेपाल वनस्पति घीउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपाल सरकारले पनि सोही नीतिलाई अवलम्बन गरी जनतालाई राहत […]

अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिइने

काठमाडौं। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सोमबार अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिन माग गरेका थिए। त्यस्तै बजेट तर्जुमा गर्न सुझाव पेश गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष चेम्बरले सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन आग्रह गरेको थियो। हाल नेपालमा अक्सिजन सिलिन्डरको माग बढिरहेको छ।