सर्वोच्चमा गोलाप्रथाको एक महिना: वर्किङ आवर र बारको आन्दोलनका कारण हेर्न नभ्याइने मुद्दा बढे

सर्वोच्च अदालतमा पेशी तोक्नका लागि गोलाप्रथा प्रणाली लागू भएको बिहीवार एक महिना पूरा भएको छ ।  गत मंसिर १५ गतेदेखि सर्वोच्चमा इजलास गठन र पेशी तोक्ने काम गोलाप्रथा प्रणालीबाट हुँदै आएको छ । पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार अन्त्य गर्दै गोलाप्रथा लागू हुनुलाई क्रान्तिकै रूपमा लिइएको छ । तर, बारको आन्दोलन तथा वर्किङ आवर कम भएकाले यो एक महिनाको अवधिमा सर्वोच्चमा ७ हजार १ सय २१ मुद्दा पेशीमा चढे पनि हेर्न नभ्याइने र हेर्न नमिल्ने मुद्दाको संख्या बढेको पाइएको छ । मंसिर १५ देखि ...