तीज गीत रेकर्ड, म्युजिक भिडियो निर्माण एवं यसको प्रमोसनका लागि ठूलो रकम खर्च हुन्छ । खर्च गरेअनुसारको प्रतिफल अधिकांशले प्राप्त गर्दैनन्, तैपनि तीज गीत रेकर्ड गर्ने क्रममा कुनै कमी आएको छैन ।आम्दानी गर्नभन्दा पनि केवल निरन्तरता दिन तीज गीत बजारमा ल्याउनेहरूको संख्या पनि ठूलै छ । अहिले अधिकांश कलाकार आफ्ना तीज गीतको भिडियोको प्रमोसनमा व्यस्त देखिन्छन् ।