काठमाडौंको बिशालबजारबाट श्रोत नखुलेको ३० लाख ५० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ बर्षीय गणेश पाण्डेसहित २ जना रहेका छन् ।
उनीहरुले हुण्डीको कारोबार गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बच...