रोजगार कार्यक्रमका लागि ३ करोड ३९ लाख ५० हजार बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दाङमा चालू आर्थिक वर्ष २०७६-०७७ का लागि ३ करोड ३९ लाख ५० हजार रुपैयाँ विनियोजित भएको छ । जिल्लाका ९ वटा स्थानीय तहलाई यो रकम विनियोजन गरिएको छ । १ वटा स्थानीय तह भने बजेट विनियोजन गरिएको छ । जिल्लामा २ उप महानगरपालिका १ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।

सम्बन्धित सामग्री

जुम्लाको बजेट ३ अर्ब ३८ करोड

जुम्लाका आठै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३ अर्ब ३८ करोड ९९ लाख १९ हजार बराबरको बजेट ल्याएका छन् । असार १० गते अनिवार्य नीति कार्यक्रम तथा बजेट ल्याउनु पर्ने प्रावधान अनुसार जुम्लाका एक नगरपालिका सहित आठ वटै स्थानीय तहले नीति कार्यक्रमसहित बजेट ल्याएका हुन् । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगार र […]

रोजगार कार्यक्रमको ७ अर्ब ढुकुटीमै थन्कियो

२९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको कायार्वन्यन फितलो देखिएको छ । पुस सकिनै लाग्दासम्म रोजगार कार्यक्रमका लागि विनियोजित बजेटको ४ प्रतिशत मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षको लागि सरकारले रोजगार कार्यक्रमका लागि ७ अर्ब १३ करोड २९ लाख बजेट विनियोजन गरेको छ । तर, […]

साँगाचोकगढी नगरपालिकाले ल्यायो १ अर्ब २४ करोड २९ लाख रुपैयाँ बजेट

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले आव ०७९–८० को बजेट प्रस्तुत गरेको छ । बाह्रौं नगरसभाअन्तर्गत उपप्रमुख सीता थापाले १ अर्ब २४ करोड २९ लाख ४७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।  प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । नगरपालिकाले कृषि क्षेत्रका लागि ४ करोड विनियोजन गरेको छ  । त्यसैगरी पशु विकास सेवाका लागि २ करोड र रोजगार सिर्जनाका लागि १ करोड, स्वास्थ्य तर्फ ३ करोड ५० लाख विनिय

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ७ करोड विनियोजन

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ५ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए । यस्तै, रोजगार केन्द्रमार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिइने छ भने श्रमिकको सीप विकास र कल्याणकारी कोष स्थापना गरिने बताइएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ७ करोड बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले ५ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको जानकारी दिए ।यस्तै, रोजगार केन्द्रमार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी दिइने छ । यस्तै, श्रमिकको सीपविकास र कल्याणकारी कोष स्थापना गरिने बताइएको छ ।

अढाइ महिनामा रोजगार कार्यक्रमले साढे १० अर्ब खर्चिनुपर्ने !

२१ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको ठूलो बजेट वर्षयाम लागेपछि नै खर्च हुने भएको छ । चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि २० वैशाखसम्म) १ अर्ब ५३ […]

प्रम रोजगार कार्यक्रमको बजेट घट्दै

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले थालनी गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी गरिएको छ । स्रोतको चर्को दबाबका बीच आगामी आर्थिक वर्ष (आव) २०७९/८० को बजेट निर्माणमा लागेको सरकारले वितरणमुखी कार्यक्रमहरूमा बजेट कटौती गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाउने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार यो कार्यक्रमका लागि राष्ट्रिय योजना आयोगले सिलिङ घटाएर पठाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले सिलिङ घटेर आएको पुष्टि गरेका छन् । उनका अनुसार विश्व बैंकको सहयोगमा सञ्चालित यति प्रोजेक्टका लागि आगामी वर्ष २०७९/८० मा ३ अर्ब ८० करोड खर्च गर्नेगरी बजेट तथा कार्यक्रम बनाउन सिलिङ प्राप्त भएको छ  । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब ७० करोडको सिलिङ प्राप्त भएको छ । चालू आव २०७८/७९ मा विश्व बैंकको सहयोगमा सञ्चालित ‘यति’ प्रोजेक्टसहित प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब छुट्ट्याइएको थियो । आगामी आवका लागि भने यति प्रोजेक्टसहित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि ७ अर्ब ५० करोड मात्रैको सिलिङ श्रम मन्त्रालयले प्राप्त गरेको छ । ‘विश्व बैंकले दिएको स्रोत घट्दै गएको छ, त्यसैले पनि सिलिङ घटेर आएको हुनसक्छ, बजेट बढ्ने सम्भावना न्यून देख्छु,’ सहसचिव घिमिरेले अभियानलाई भने । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सघाउ पुग्नेगरी विश्व बैंकले ‘यति’ प्रोजेक्टका नाममा विश्व बैंकसँग ऋण लिने सम्झौता गरेको थियो । त्यसैअनुसार विश्व बैंकले १२० मिलियन अर्थात् १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिँदै आएको छ । चार वर्षका लागि विश्व बैंकले ऋण दिएको थियो । यसै ऋणअन्तर्गत चालू आवका लागि विश्व बैंकले ७ अर्ब ऋण दिएको छ भने सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब खर्च गर्नेगरी बजेटमा स्रोत छुट्ट्याएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तहमा सञ्चालित कार्यक्रम हो, यो बजेट खर्च गर्न स्थानीय तहको खातामा रकम जाने गरेको छ । माघसम्ममा यो कार्यक्रममा करीब ३५ करोड मात्रै खर्च भएको थियो । चालू आवको ८ महीना बितिसक्दा समेत कार्यक्रम अझैसम्म प्रभावकारी ढंगले सञ्चालन हुन सकेको छैन । गतवर्ष १ लाख ७६ हजारले रोजगारी पाएको र यो वर्ष पनि त्योभन्दा बढीले रोजगारी पाउने श्रम मन्त्रालयका अधिकारीहरूले दाबी गर्न छाडेका छैनन् । श्रमविज्ञ गणेश गुरुङ प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले अझै व्यावहारिक बनाउन नसकेको बताउँछन् । कोभिडले प्रभावित अर्थतन्त्रलाई माथि उकास्न श्रमक्षेत्रलाई प्रधानमन्त्री कार्यक्रममार्फत माथि उठाउन सक्नुपर्थ्यो त्यो देखिँदैन । ऋण लिएर सञ्चालित कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न जरुरी रहेको उनको बुझाइ छ ।

पाँचखाल नगरको बजेट ८९ करोड ५६ लाख

काठमाडौं। काभ्रेपलाञ्चोकको पाँचखाल नगरगपालिकाले रु ८९ करोड ५६ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नवौं नगरसभाले कृषि तथा पशुपंक्षी, स्वास्थ्य,शिक्षा तथा खेलकूद, श्रम तथा रोजगार,संस्कृति तथा पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अगाडी सारेको हो। नेपाल सरकार शसर्त अनुदान,प्रदेश सरकार शसर्त अनुदान, प्रदेश सरकार समपूरक अनुदान, सामाजिक सुरक्षा र नेपाल सरकार राजश्व बाँडफाँडबाट गरी सो बजेट ल्याइएको हो।

कोशी गाउँपालिकाको बजेट ४८ करोड

सुनसरीको कोशी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ४८ करोडको बजेट, योजना, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।  गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले आठौं गाउँसभामा बुधबार रु ४८ करोड २ लाख ७३ हजारको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । विनियोजित रकममध्ये चालु खर्चतर्फ २५ करोड ५० लाख ७३ हजार र पुँजीगत खर्चतर्फ २२ करोड ५२ लाख निर्धारण गरिएको उनले जानकारी दिए । अध्यक्ष अन्सारीका आुसार ‘पर्याप्त पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आगामी आर्थि...

११ अर्ब ६० करोड बजेट, नौ महिनामा २९ करोड मात्रै खर्च

३ वैशाख, काठमाडौं । सरकारले रोजगारी सिर्जना गर्ने प्रमुख कार्यक्रम भन्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम चालु आर्थिक वर्ष २०७७/७८ मा पनि कार्यान्वयनको अवस्था फितलो देखिएको छ । कार्यक्रम अन्तर्गतका आयोजना स्थानीय सरकारले समयमै नगरेका कारण ११ अर्ब ६० करोड बजेटमा २९ करोड ३४ लाख मात्रै खर्च हुनसकेको छ । चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) […]