काठमाडौं। काभ्रेपलाञ्चोकको पाँचखाल नगरगपालिकाले रु ८९ करोड ५६ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको नवौं नगरसभाले कृषि तथा पशुपंक्षी, स्वास्थ्य,शिक्षा तथा खेलकूद, श्रम तथा रोजगार,संस्कृति तथा पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अगाडी सारेको हो। नेपाल सरकार शसर्त अनुदान,प्रदेश सरकार शसर्त अनुदान, प्रदेश सरकार समपूरक अनुदान, सामाजिक सुरक्षा र नेपाल सरकार राजश्व बाँडफाँडबाट गरी सो बजेट ल्याइएको हो।