मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेर ताजा जनादेशका लागि वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरिन् ।
निर्वाचनको घोषित मितिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग तयारीका लागि छलफल गरिरहेका छन् ।
तर संसद् पुन:स्थापनाको माग लिएर सडकमा आएको नेकपाको अर्को पक्षले निर्वाचन नहुने दाबी गरिरहेको छ । निर्वाचनलाई लिएर सत्तारुढ र सरकारबाहिर रहेका दलहरूको आ-आफ्नै धारणा सार्वजनिक भइरहेको पछिल्लो परिस्थितिले आमजनतामा पनि निर्वाचनलाई लिए...