काठमाडौं । नेकपा ओली पक्षका अध्यक्ष केपी शर्माओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छोडने ठोकुवा गरेका छन् । आइतबार ओली खेमाको विद्यार्थी संगठन अनेरास्ववियुले गरेको बृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले २०७८ सालको बैशाखमा चुनाव हुने भन्दै कतिपयले चुनाव हुँदै हुँदैन भनेर भ्रम छरिरहेको बताए । उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे । सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बता