बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चालू आर्थिक वर्षभित्रै प्रदेशका विभिन्न जिल्लाको अव्यवस्थित बसोबास गर्ने जनताको जग्गा नापजाँच गरी लालपूर्जा वितरण गर्ने कामलाई भूमि आयोगका पदाधिकारीले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा शुक्रवार हेटौंडामा आयोजित भूमि व्यवस्था आयोगका पदाधिकारी एवं बागमती प्रदेशका १३ जिल्लाका भूमि आयोगका पदाधिकारीको ंसंयुक्त समीक्षा गोष्ठीमा उनले प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षभित्र प्रदेशमा बसोबार गर्ने जनतालाईं उनीहरूले हकभोग गरेक...