७ असार, काठमाडौं । केन्द्रीय कारागार, काठमाडौंले बन्दी गृहभित्र विकृति रहेको भन्दै परेको उजुरीमा सत्यता नभएको जवाफ कारागार व्यवस्थापन विभागलाई पठाएको छ । कारागारभित्र मिटरब्याज र असुली धन्दा चलाएको भन्दै गृह मन्त्रालयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको थियो । उजुरीमाथि आवश्यक कारबाही गर्न भन्दै मन्त्रालयले कारागार व्यवस्थापन विभागलाई पत्र लेखेको थियो । ‘त्यसपछि उजुरीमा […]