नेकपा एमालेले पार्टीमा ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ ।
यद्यपि, उक्त हदले ओलीलाई अध्यक्षको दोस्रो कार्यकाल पनि पूरा गर्न भने रोक्ने छैन ।
ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनले उमेर हद उम्मेदवार बन्ने क्रममा लाग्ने व्यवस्था गरेको हो ।
७० वर्ष नपुग्दासम्म ओली अध्यक्षको उम्मेदवार बन्न पाउने छन् ।
अध्यक्ष बनिसकेपछि बीचमै ७० वर्ष पुगे पनि कार्यकाल पूरा गर्न बाधा नपर्ने व्यवस्था विधानमा गरिएको छ ।
एमाले अध्यक्ष ओली हाल ७०औं वर्षमा चलिरहेका छन् ।
७० वर्ष पूरा नभएकाले उनी पुन: अध्यक्ष बन्न र क...