काठमाडौं : आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु भएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो। नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ।नयाँ जनप्रतिनिधिहरुको मतगणना कार्य नसकिए पनि आजबाट नै जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको मानिने छ। तर मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधिविहीन हुनेछन्। ७ सय ५३ पालि