संसदको कार्यकाल नथप्न एमालेको चेतावनी

काठमाडौँ – आफ्नै कार्यकाल बारे संसदमा बहस भएको छ। कार्यकाल सकिन लागेका बेला कहिलेसम्म अवधि कायम राख्ने भन्ने विषयमा छलफल भएको हो। प्रमुख प्रतिपक्षी दल एमालेले चुनावपछि पनि संसदको कार्यकाल थप्ने विधेयक फिर्ता लिन माग गरेको छ। विधेयकमाथि छलफलमा भाग लिँदै एमालेका सांसदहरुले मनोनयन गरेपछि पनि संसदको कार्यकाल लम्ब्याउने कुरा स्वीकार्य नहुने बताएका हुन्। एमालेका […]

सम्बन्धित सामग्री

सभामुख पदमुक्त भइसक्नुभयो : प्रमुख आयुक्त थपलिया

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले संसदको कार्यकाल असोज १ गतेदेखि नै सकिएको बताएका छन्। मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसदको कार्यकाल रहने र मनोनयनले समानुपातिक तर्फको बन्द सूचीलाई समेत जनाउने हुँदा संसदका कुनै पनि सदस्य एवं पदाधिकारीको कार्यकाल बाँकी नरहेको उनको जिकिर छ। निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि आइतबार र सोमबार […]

संसदको कार्यकाल : कसलाई के पाठ ?

शनिबार मध्यरातबाट यो संसद्को कार्यकाल सकिएको छ । र, नागरिकता विधेयक आदिका कारण बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिस्थिति हुँडलिनन् भने मंसिर ४ मा नयाँ चुनाव भएर अर्को संसद सुचारु हुन पाउनेछ । तर आम जनता, पार्टी र नेतालाई यो संसद्ले केही गतिला पाठहरू सिकाइदिएको छ ।

संसदको कार्यकाल थप्नबाट पछि हट्यो सरकार

'केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९' बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले उक्त विधेयक पारित भएको हो ।  बैठकमा सांसदहरु शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, प्रकाश रसाइली, अतहरकुमाल मुसलमान र रामकुमारी चौधरी, बिन्दा पाण्डेले विधेयकका केही बुँदाहरुमा राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए । त्यसैगरी सांसदहरु विशाल भट्टराई, पार्वती विशुंखे, प्रेम सुवाल, नवराज सिलवाल, गगन थापाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो । सरकारले ल्या

मनोनयनकै मितिबाटै संसदको कार्यकाल सकिने व्यवस्था गर्नुपर्छ : गगन थापा

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका हुन्। उनले पछिल्ला केही समययता आएर

संसदको कार्यकाल लम्ब्याउनेबारे संसदमा छलफल गरेर निर्णय हुन्छ : मन्त्री कार्की

सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन् । संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।  मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पती भएकोले संसदमा नै छलफल गरेर निर्णयमा पुग्ने बत

संसदको कार्यकालबारे संसदमै छलफल गरेर टुंगोमा पुग्छौँः सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदको कार्यकालको विषयमा संसदमा छलफल चलिरहेको बताएका छन्। संसदको कार्यकाल लम्ब्याउने भन्ने चर्चा चलिरहेको बेलामा उनले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। मन्त्री कार्कीले संसदको कार्यकाल चलाउने विषयमा संसदीय प्रक्रियाअनुसार संशोधनहरु परेको उल्लेख गर्दै संसदको कार्यकाल संसदको सम्पत्ति […]

संसदको कार्यकाल तोक्ने प्रस्तावबाट पछि हट्यो सरकार

२० भदौ, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको कार्यकाल तोक्ने प्रस्तावबाट सरकार पछि हटेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । तर कार्यकाल लम्ब्याउन खोजिएको भनी व्यापक विरोध भएपछि सरकार पछि हटेको हो […]

मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसदको कार्यकाल कायम गर्न एमालेको प्रस्ताव

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले संसदको मनोनयनको अघिल्लो दिनसम्म मात्रै संसदको कार्यकाल रहनुपर्ने प्रस्ताव गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल कहिले सकिने भन्ने अन्योलता अन्त्य गर्न सरकारले नयाँ संसदको अधिवेशन सुरु भएको दिनसम्म अघिल्लो संसदको कार्यकाल रहने गरी कानुन संशोधन गर्ने प्रस्ताव गरेको छ। सरकारले प्रस्ताव गरेको प्रावधानप्रति चौतर्फी विरोध भइहरको छ। नयाँ चुनाव […]

संसदको कार्यकाल कहिलेसम्म ?

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा भएसँगै संसद्को कार्यकाल कति रहन्छ ? चासोको विषय बनेको छ । चासोको विषयमा संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको कार्यकाल राजनीतिक दलहरूले समानुपातिक उममेदवारको बन्दसूची बुझाउँदासम्म रहने बताएको छ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म प्रतिनिधि सभाको कार्यकाल कायम रहने बताउनुभयो । सभामुख र उपसभामुखको […]