राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले दर्ता नभएका प्रयोगशालालाई घरमै गएर पीसीआर परीक्षणका लागि स्वाब संकलन नगर्न भनेको छ ।
सूचना जारी गर्दै प्रयोगशालाले प्रोटोकलअनुसार कोभिड–१९ पीसीआर परीक्षणका लागि दर्ता भएका प्रयोगशालाबाट खटिएका स्वास्थ्यकर्मीहरूबाट मात्रै बिरामीको घरबाट नमूना संकलन गर्न सकिने प्रावधान रहेको जनाएको हो ।
जनस्वास्थ्य प्रयोगशालालेअनधिकृत रूपमा दर्ता नभएका प्रयोगशाला र दर्ता भएका तर कोरोना परीक्षणका लागि अनुमति नपाएका प्रयोगशालालाई घरमै गएर पीसीआर परीक्षण नगर्न र सामाजिक सञ्जालहरूमा...