शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने कि नपाउने भन्नेबारे दलहरूको आ–आफ्नै दावी छ । विपक्षी दलहरुले सरकारको गठन प्रक्रिया नै असंवैधानिक रहेको दावी गर्दै आएका छन् भने सरकारले प्रदेशसभामा आफ्नो पूर्ण बहुमत रहेको दावी गर्दै आएको छ ।पोखरेल नेतृत्वको प्रदेश सरकारलाई निरन्तरता दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका जसपा नेपालका ४ जना प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन विचाराधीन नै छ । आफूमाथि भएको कारवाहीलाई चुनौती दिँदै ती चार सदस्यले दायर गरेको रिट न