संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गर्न नियमावली संशोधन गर्नेगरी बेञ्च र बारबीच भद्र सहमति भएपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा ढिलाइ हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासमा शुक्रवारदेखि नै सुनुवाइ शुरू भएपनि न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको विषयलाई लिएर विवाद भएको थियो ।
मंगलवार प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका पदाधिकारीबीच भएको छलफलमा संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधनको सहमति भएको थियो ।
सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधि...