विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत प्रत्येक शनिवार निःशुल्क ओपिडी अभियान संचालन गर्दै आएको नर्भिक अस्पतालले यो शनिवार विशेष सेवा दिने भएको छ । नर्भिक अस्पतालमा अरु बेला २ घण्टा मात्र निःशुल्क ओपिडी हुने गरेकोमा आउने शनिवार अर्थात चैत १२ गते भने ४ घण्टा सो सेवा संचालन हुनेछ । चैत १२ गते नर्भिकको दुई यूरोलोजी टिमले निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो दिन दुईवटा टिमले निःशुल्क सेवा दिनेछ । बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म यूरोलोजी विशेषज्ञद्व