नर्भिक इन्टरनेसनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।नर्र्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीबार बिहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् […]