काठमाडौं, ४ भदौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा ८१ बर्षिय बृद्धाको दुरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । नर्र्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग एवं ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिहिवार विहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो । छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रिया […]