काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिएका पत्रकारलाई पहिलाे डाेजकाे खोप लगाउन आनाकानी गरेको छ। सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न लिखित रूपमा आग्रह गरे पनि मन्त्रालयले खोपको व्यवस्था गर्न नसकेको हो।सामाजिक विकास मन्त्रालयले गत २६ गते बागमती प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्रमार्फत खोपको व्यवस्था गर्न आग्रह गरेको थियो। तर, खोप दिनेमा मन्त्रालय सकरात्मक देखिएको छैन।मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले खोपको स