स्कटल्याण्ड। एनआरएनए स्कटल्याण्डको निर्वाचनको प्रचार प्रसारको क्रममा काशीराम भण्डारी अध्यक्ष उम्मेदवार रहेको समुहले आचारसंहिता उल्लंघन गरी प्यानल बनाएर घरघरमा मत मागेको र सामाजिक सञ्जालमा समेत प्रचारप्रसार गरेको भन्दै बिहीबार एनआरएनए यूके निर्वाचन समितिमा उजुरी परेको छ।