राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ । नागरिकता सम्बन्धी विधेयक लामो समयदेखि संसदीय समितिमा विचाराधीन रहेको छ । यसका प्रावधानहरुमाथि चर्को मतभेद छ । मधेश केन्द्रित …