काठमाडौं- बेमौसमी वर्षाका कारण धानबालीमा पुगेको क्षतिका लागि सरकारले किसानलाई जग्गा जमिनका आधारमा विभाजन गरी राहत दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले किसानलाई राहत दिने कार्यविधि सम्बन्धी निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पूर्णरुपमा क्षति भएकाको हकमा १० कठ्ठासम्म जग्गा भएका किसानका लागि क्षतिको ६५ प्रतिशतसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको छ। […]