अग्रतामा सुहाङ अघि बढ्दै, एक हजार २६८ मतको अन्तर

प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार २६८ मतले अग्रता लिनुभएको छ ।

सम्बन्धित सामग्री

नेपाली सेनाको अगुवाइमा अघि बढ्दै हिमाल सरसफाई अभियान - २०२२

जेठ ५, काठमाडौँ  । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा शुुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ । प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको उक्त अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि  सहकार्य गरेका छन् । उक्त क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक १ हजार १०० आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका ती चार ओटा हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिने गरेकोले हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको बताइएको छ । फोहोर व्यवस्थापन गर्नका लागि गत अप्रिल ५ बाट शुरु गरिएको हिमाल सरसफाई अन्तरगत हालसम्म चार ओटा हिम–शृंखलाहरुबाट २९ हजार ९९८ केजी (५ हजार २०४ केजी कुहिने र २४ हजार ७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ । ती फोहरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिंदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य रहेको नेपाली सेनाले बताएको छ । अभियानको बारेमा सेनाका क्याम्पेन डिरेक्टरले अत्यधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण रहेता पनि अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गरिरहेको बताएका छन् । नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानमध्यको एक हो  ।  तेस्रो संस्करणको उक्त अभियानमा कोका–कोला फाउन्डेसन लगातार तीन वर्षदेखि प्रमुख साझेदार रहेको छ । हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्यसहित सञ्चालित अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा सम्पन्न गरिने पनि नेपाली सेनाले बताएको छ ।

विरगञ्ज मेयरमा राजेशमान र उपमेयरमा इम्तियाज ढुक्कले अघि बढ्दै

बुधबार बिहान १० बजेसम्म उनले १० हजार ९ सय ९४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन्। मतगणना सुरु भएको दिनदेखिनै जसपाका सिंहले अग्रता लिइरहेका हुन्।...

अघि बढ्दै बालेन, केशव स्थापितको कति मत आयो ?

काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ४ हजार ४५७  मतान्तर बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार शाहले ९ हजार ६१४ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत मात्र पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४७७ मत पाएकी छन् । उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।

अघि बढ्दै रातमाटे– केरुङ नेपाल-चीन प्रसारण लाइन

नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्नसक्ने अनुमान गरिएको छ । विद्युत् विकास विभागबाट पाँच हजार मेगावाट क्षमता बराबरको बिजुली प्रवाहका लागि अनुमति पाए पनि ‘लोड फ्लो’ अध्ययन गर्दा पहिलो चरणमा तीन हजार मेगावाट बराबरको बिजुली आदानप्रदान गर्न सकिने देखिएको हो । अध्ययनअनुसार …

इतिहास पछ्याउँदै विकासमा अघि बढ्दै

एक समय शक्तिशाली राज्यका रूपमा डोटीमा मल्ल राजाले शासन गर्थे । नेपाल एकीकरणपछि पनि राणाकालमा डोटी महत्वपूर्ण गौँडाका रूपमा रहेको थियो । डोटीको सिलगढीको प्रशासनले अछाम, बझाङ, बाजुरा, जुम्ला, दार्चुला र बैतडीसम्मको प्रशासनिक कार्य हेर्ने गथ्र्याे । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्ला रहेका छन् । दुई हजार २५ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस जिल्लामा ५९ हजार १०१ हेक्टर भूभाग वनजङ्गलले ओगटेको छ । डोटीमा ३० हजार ७११ हेक्टर क्षेत्रफल नदीनालाले ओगटेको छ । यस्तै सात हजार १११ हेक्टर सरकारी तथा गौचरन, सात हजार ७३८ हेक्टर सञ्चित क्षेत्र र २४ हजार ५३८ हेक्टर सिञ्चित क्षेत्रले ओगटेको छ ।