डाक्टर उपेन्द्र देवकोटाको अन्त्येष्टि अाज

काठमाडाैं - वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । ६५ बर्षको उमेरमा सोमबार काठमाडौको बाँसबारीमा रहेको न्युरो अस्पतालमा निधन भएका देवकोटाको मंगलबार  पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । उहाँको पार्थिव शरीर मंगलबार १ बजेसम्म श्रद्धा...

सम्बन्धित सामग्री

सहारा बनेको छोरो बाकसमा फर्किंदा‍‍‍‍...

महेन्द्रनगर (कञ्चनपुर) । मुलुकभर दशैंको रौनक बढिरहेका आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।  छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका–५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव देखेपछि बेहोस भइन् । परिवार र आफन्त र टोलबासीका आँखा रसाए । ‘दीपेश पढाइमा सानैदेखि अब्बल थियो । सानैमा बुबा गुमाउँदा पीडा बिर्सेर अगाडि बढेको थियो, आमाका लागि बुढेसकालको सहारा थियो,’ छिमेकी सुरेश पालले भने, ‘परिवारको अवस्था सुधार गर्छु भनेर ढाडस दिइरहने ऊ आज बाकसमा फर्किंदाको स्थिति निकै दुःखदायी बनेको छ ।’ आइतवार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको दीपेशको शव आज बिहान ल्याइएको थियो । दार्चुलाको लेकम गाउँपालिका–५ घर भएका विष्ट परिवारको बसाइ अहिले भीमदत्त नगरपालिका– १५ मा समेत छ । दीपेश यही बसेर पढेका थिए । कक्षा १ देखि १० सम्म महेन्द्रनगरस्थित ग्लोबल एकेडेमीमा छात्रवृत्तिमा पढेका दिपेश निकै अब्बल विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज ओझाले बताए ।  ‘दीपेश र उनका भाई वसन्तराज दुवै छात्रवृत्तिमै कक्षा १० सम्म पढेका हुन्,’ दीपेशको मलामी महाकाली पुगेका प्रिन्सिपल ओझाले भावुक हुँदै भने, ‘अकल्पनीय घटनाले सबैलाई शोकमा डुबायो ।’ यहाँस्थित रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा प्लस टु पास गरेका दीपेशको सपना भाईलाई जसरी भए पनि डाक्टर बनाउने थियो । दीपेश चार वर्षको हुँदा बुबाको मृत्यु भएको थियो । शिक्षक पेशामा रहेका बुवा अशोक विष्टको क्यानसरबाट मृत्यु भएपछि दुई छोराको पालनपोषण आमा पार्वतीले गर्दै आइन् ।  आमा पावर्ती दार्चुलाको लटिनाथ माध्यमिक विद्यालयकी शिक्षिका छन् । दीपेशका भाइ वसन्तराज दाजुको सल्लाहअनुसार नै हाल बीपी प्रतिष्ठान, धरानमा एमबीबीएसमा अध्ययनरत छन् । विष्टको आज महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । इजरायल घटनामा मारिएका चार सुदूरपश्चिमका विद्यार्थीको शव आइतबार धनगढी पुर्‍याइएको थियो । रासस

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा साहको अन्त्येष्टि

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर रामकेवल साहको अन्तिम दाहसंस्कार गरिएको छ ।  जनकपुरधामस्थित स्वर्गद्वारीमा डा. साहको पार्थिक शरीरको दाहसंस्कार गरिएको हो ।  जेठाछोरा धीरज साहले उनलाई दागबत्ती दिए । डा....

वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको निधन

काठमाडौं : वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको निधन भएको छ।  अल्जाइमर रोगबाट थलिएका ८६ वर्षीय भट्टको गएराति आफ्नै निवासमा निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले जनाकारी दिए।भट्टको शव पशुपति आर्यघाटमा रहेको माधवराज सुमार्गी स्मृति भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि विहान ११ बजे सम्म राखिने छ। त्यसपछि भट्टको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने छ। भट्टका श्रीमती र दुई छोरा छन्। भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयक

संक्रमितको शवबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं : कोरोना संक्रमणबाट मृत्यु भएकाको शवबाट कोरोना नसर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। उनले आफ्नै रीतिरिवाजअनुसार शव अन्त्येष्टि गर्न सकिने पनि बताए। 'खोक्दा, हाछयुँ गर्दा, बोल्दा निस्कने छिटा बाट मात्र सर्ने गर्दछ,' उनले भने। मृत्यु भएको मान्छेबाट खोक्ने, हाछयुँ गर्नेलगायत श्...

डाक्टर देवकोटाको अन्त्येष्टि गरियो

काठमाडौं – दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।  सोमबार साँझ निधन भएका डाक्टर देवकोटाको पार्थिव शरीरमा पत्नी डाक्टर मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएपछि अन्त्येष्टि गरिएको हो ।देवकोटाको विद्युतीय माध्यामबाट ...